लुटिएको करिब आधा तोला सुनको मुद्रासहित २ जना पक्राउ

Posted on: 01 Sep, 2023

भदौ १५, काठमाडौं | थानकोटमा लुटिएको करिब आधा तोला सुनको मुन्द्रासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-१३ घर भएका २४ वर्षीय राजन लामा र उदयपुर घर भएका २२ वर्षीय अमिष भुजेल रहेका छन् । 

चन्द्रागिरि नगरपालिका-१५ तीनथाना डेरा गरी बस्ने धादिङ नौबिसे घर भएका २६ वर्षीय पुरूषले कानमा लगाएको उक्त मुन्द्रा ढुङ्गेअड्डास्थित सडकबाट लुटिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट तत्काल खटिएको प्रहरीले उनीहरूलाई उक्त मुद्रासहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!