पोर्चुगिज मिडफिल्डर म्याथ्युज म्यानचेस्टर सिटीमा आबद्ध

Posted on: 01 Sep, 2023

एजेन्सी | पोर्चुगिज मिडफिल्डर म्याथ्युज नुनेस इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा आबद्ध भएका छन् । म्यानचेस्टर सिटीले शुक्रबार २५ वर्षीय नुनेससँग सम्झौता गरेको हो । 


मिडफिल्डर नुनेस पाँच करोड ३० लाख ब्रिटिस पाउन्डमा क्लबमा आबद्ध भएको म्यानचेस्टर सिटीले जनाएको छ । उनले यसअघि एक सिजन उल्भ्सबाट व्यवसायीक फुटबल खेलेका थिए । नुनेसले पोर्चुगलको राष्ट्रिय टोलीबाट पनि ११ खेल खेलिसकेका छन् । 

नुनेसले म्यानचेस्टर सिटीसँग पाँच वर्षका लागि सम्झौता गरेको समाचारमा जनाइएको छ ।‘म्यानचेस्टर सिटीबाट खेल्न पाउनु मेरा लागि निकै ठूलो उपलब्धि हो । म निकै उत्साही छु,’ नुनेसले भनेका छन् । 

विश्वकै उत्कृष्ट प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा खेल्न पाउनु अझ महत्त्वपूर्ण भएको उनले बताएका छन् । ‘पेप ग्वार्डिओलाजस्तो महान् प्रशिक्षक नेतृत्वमा खेल्न पाउनु मेरा लागि अझ ठूलो उपलब्धि हो,’ उनी भन्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!