२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विराटनगरमा १३ वर्षीयाले जन्माइन् बच्चा, दुवै सामान्य

१५ भाद्र २०८०, शुक्रबार १२:२७

भदौ १५, काठमाडौं । मोरङमा १३ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् । विराटनगरको एक अस्पतालमा बालिकाको नर्मल डेलिभरी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बालिकाले बुधबार बिहान २.७ किलोग्रामको छोरा जन्माएको प्रहरीले जनाएको छ ।


१६ वर्षीय किशोरसँगको सहमतिमै भएको शारीरिक सम्पर्कबाट गर्भवती बनेकी बालिकाले छोरालाई जन्म दिएको र बच्चा तथा आमा दुबैको स्वास्थ्य सामान्य रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए ।

उनका अनुसार बालिकालाई अस्पतालले डिस्चार्ज दिइसकेको छ । बालिका र शिशुलाई संरक्षण गृहमा राखिएको प्रहरीले जनाएको छ ।

बालिकाले पेट दुःखेको बताएपछि अभिभावकले चेकजाँचका लागि मंगलबार अस्पताल भर्ना गरेका थिए । अस्पतालमा परीक्षण गराउँदा गर्भ रहेको पत्ता लागेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गत पुसमा बालिकाको शारीरिक सम्पर्क भएको खुलेको छ ।

बालिकालाई गर्भवती बनाउने किशोरलाई नियन्त्रणमा लिएर ‘बाल निगरानी कक्ष’मा राखी घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

बालिका र किशोर दुबैको पहिचान गोप्य राखेर प्रहरीले डीएनए परीक्षणको तयारी पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै