एक केजी सुनसहित रसुवामा एक महिला पक्राउ

Posted on: 03 Sep, 2023

भदौ १७, रसुवा । अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला पक्राउ परेकी छिन् ।

गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ्लाई मितेरी पुलबाट पक्राउ गरेको प्रहरीले बताए ।

जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै गर्दा सीमा सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको जानकारी दिए ।

सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!