२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शिक्षकले गरे सुस्त मनस्थितिकी बालिका बलात्कार

२०८०, १७ भाद्र आईतवार ०६:४४

भदौ १७, चितवन । माडी नगरपालिकाका एक शिक्षकलाई सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

१५ वर्षकी छिमेकी बालिकालाई माडी ९ का शिक्षक ४२ वर्षका हरीबहादुर सार्की हरिजनले बलात्कार गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।

बालिकाका आफ्नो घरमा खेल्न गएको मौका छोपी शिक्षक हरिजनले उनीमाथि बलात्कार गरेको खुलेको हो । हिजो शनिबार बालिकाकी आमा मेला गएको समयमा हरिजनले फकाएर सुस्त मनस्थितिकी उनलाई बलात्कार गरेको बालिकाले आफ्नी आमालाई बताएकी थिइन् । त्यसपछि उनले प्रहरीलाई खबर गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सरिता विश्वकर्माका अनुसार आरोपी हरिजनलाई प्रहरीले हिजो नै नियन्त्रणमा लिएको छ । आज जबरजस्ती करणी अन्तरगत बालिकाकी आमाले जाहेरी दर्ता गरिसकेको पनि उनले जानकारी दिइन् ।

माडी ९ का स्थानीयका अनुसार हरिजन आफ्नो श्रीमतीलाई रक्सी पिएर कुटपिट गरिरहन्थे । हिजो पनि श्रीमतीलाई कुटेपछि उनी माइती गएको मौका छोपी बालिकामाथि बलात्कार गरेका हुन् । उनी माडी ९ कै एक विद्यालयमा पढाउँदै आएका छन् ।

सुस्त मनस्थितिकी बालिका राम्रोसँग बोल्न सक्दिनन् । बालिकाका परिवारको स्थायी घर धादिङ हो । उनीहरु ८ महिनाअघि धादिङबाट माडी गई अरुको जमिनमा अँधिया खेतीपाती गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो