भारतविरुद्ध नेपाली टिमलाई समर्थन गर्न श्रीमती निकितासहित रवि लामिछाने श्रीलंका प्रस्थान

Posted on: 03 Sep, 2023

भदौ १७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने नेपाल र भारतको क्रिकेट हेर्न श्रीलंका गएका छन् ।

भारतविरुद्धको खेलमा नेपाली टिमलाई समर्थन गर्न उनी श्रीलंका गएका हुन् । श्रीमती निकितासहित सभापति लामिछाने श्रीलंका प्रस्थान गरेको रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोराले फेसबुकमार्फत् जानकारी दिएका छन् ।

एसिया कप क्रिकेटको आफ्नो दोश्रो खेलमा नेपालले भोलि सोमबार भारतसँग खेल्दै छ । श्रीलंकाको पाल्लेकेलमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ ।

नेपाल पहिलो खेलमा पाकिस्तानसित पराजित भएको थियो । नेपालकै समूहका भारत र पाकिस्तानबीचको खेल भने शनिबार राति वर्षाका कारण रद्ध भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!