दाङको विद्यालय छात्रावासमा १३ वर्षिया दृष्टिविहीन बालिका बलात्कृत

Posted on: 03 Sep, 2023

भदौ १७, दाङ | देउखुरीस्थित एक विद्यालयको छात्रावासमा १३ वर्षिया दृष्टिविहीन बालिका बलात्कृत भएकी छिन् । बलात्कारको आरोपमा इलाका प्रहरी कार्यालय भालुवाङले विद्यालयका कार्यालय सहयोगी तथा स्कूल बसका सह-चालकलाई पक्राउ गरेको छ ।

उनलाई आइतबार बिहान विद्यालयबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले बताए । स्कुल बसका सह-चालकले भदौ ४ गते बालिकालाई बलात्कार गरेको प्रहरीमा जाहेरी परेको छ । पाँच वर्षदेखि विद्यालयको छात्रावासमा बस्दै आएकी बालिकालाई भान्सा कोठामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!