२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अलग भएकी श्रीमतीले छोराछोरा क्यानडा लगेर भेट्न नदिएको भन्दै सर्वोच्च पुगे श्रीमान

२०८०, १७ भाद्र आईतवार १०:१०

भदौ १७, काठमाडौँ | श्रीमतीले छोरा छोरीलाई भेट्न नदिएको भन्दै श्रीमानले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ ।

हरिप्रसाद फुयाँल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले पुरुषोत्तम प्रसाईले दायर गरेको उक्त रिट खारेज गरेको हो । आफ्ना १४ वर्षीय छोरा र १० वर्षकी छोरीलाई श्रीमती प्रजिता भुर्तेलले भेट्न नदिएको भन्दै पुरुषोत्तमले २०७९ सालमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

ढुंगाना र फुयाँलको इजलासले भुर्तेललाई बुबासँग भेट्न छोराछोरीलाई रोक नलगाएको तथा आजको विद्युतीय, इन्टरनेट, श्रव्यदृश्य तथा सामाजिक सन्जालमा पनि कुराकानी हुन सक्ने भएकाले भौतिकरुपमा मात्र भेटघाट गर्न पाउने भन्ने बुझ्न नहुने पूर्ण पाठमा उल्लेख गरेको छ ।

‘अदालतकै आदेश बमोजिम यी विपक्षी प्रजिता भुर्तेलको संरक्षण र जिम्मामा एवम् निजकै पालन पोषणमा रहेका यी बालबालिकाको अवस्थालाई बन्दीको अवस्था मान्न सक्ने अवस्था देखिएन’, पूर्ण पाठमा भनिएको छ । यस्तै बुबासँग छोराछोरीको भेट गराउने मुख्य जिम्मेवारी आमाको भएको र छोराछोरी नेपाल आएका बखत वा निवेदक क्यानडा गएको अवस्थामा छोराछोरीसँग भेट गर्न पाउने अधिकार रहेको पनि इजलासको ठहर छ ।

निवेदकअनुसार प्रजिता २०७० सालमा क्यानडा गएपछि तीन वर्ष बसेर नेपाल फर्किएकी थिइन्। तर नेपाल आएपछि आफुसँग नबसी माइतमा बसेको र सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेको उनले उल्लेख गरेका छन् । २०७३ भदौ ६ गते सर्वोच्च अदालतले छोराछोरीलाई प्रजिताको जिम्मा लगाउन आदेश गरेको थियो ।

त्यसयता छोराछोरीलाई सुटुक्क क्यानडा लगेको र आफुसँग भेटघाट र बोलचालसमेत गर्न नदिएको पुरुषोत्तमले रिटमा उल्लेख गरेका थिए । छोराछोरीलाई गैह्रकानुनी रुपमा विदेश लैजान खोजिएको भन्दै दायर भएको रिट सर्वोच्च अदालतले २०७६ जेठ १७ गते खारेज गरेको थियो । त्यतिबेला पुरुषोत्तमका दाईले उक्त रिट दायर गरेका थिए ।

यता प्रजिताले आफुलाई क्यानडा पठाएर धोका दिएको लिखित जवाफमा उल्लेख गरेकी थिइन् । उनका अनुसार परिवार नै क्यानडा बसाई सर्ने योजनाअनुसार भिषा प्रोसेसिङ सुरु भएको थियो । २०७० सालमा नेपालको घर व्यवहार मिलाएर आउँछु भन्दै आफुलाई मात्र क्यानडा पठाएको दावी उनको छ ।

‘मैले पति पत्नी छोराछोरीसहित क्यानडा जानुपर्छ, म एक्लै क्यानडा जान सक्दिनँ भन्दा नेपालको घर व्यवहार मिलाई छोरा छोरी लिई १/२ महिनापछि म क्यानडामा आउँछु भनी विपक्षी पतीले मलाई प्लेनको टिकट बनाई २०७० सालको भाद्र महिनामा पठाउनु भयो । पतिलाई छोराछोरी लिएर क्यानडामा आउनुहोस् भनी क्यानडाबाट बारम्बार अनुरोध गर्दा पनि उहाँले घर व्यवहार मिलिसकेको छैन, व्यवहार मिलाएर आउँछु भनी आलटाल गरी क्यानडा आउनु भएन’, उनको लिखित जवाफ छ ।

प्रजिताका अनुसार पछि क्यानडा आउनुपर्ने भन्दै छोराछोरीको डकुमेन्ट पठाउन लगाएर पुरुषोत्तमले छोराछोरी पनि क्यानडा पठाउँदिन र आफू पनि क्यानडा आउँदिन भन्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने