२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डोल्पामा भेटियो नयाँ ताल, तिलिचोभन्दा पनि अग्लो स्थानमा रहेको दाबी

२०८०, १८ भाद्र सोमबार ०५:४२

भदौ १८, काठमाडौँ | विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालभन्दा पनि उचाइमा रहेको अर्को ताल डोल्पामा भेटिएको डोल्पाका जनप्रतिनिधिहरुले दाबी गरेका छन् ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिका वडानम्बर ६ फालगाउँमा तिलिचो ताल रहेको उचाइभन्दा पनि अग्लो स्थानमा नयाँ ताल फेला पारेको सो पालिकाका जनप्रतिनिधिहरुले दाबी गरेका हुन् ।

तिलिचो ताल समुद्र सतहदेखि ४ हजार ९१९ मिटर उचाइमा छ । सबैभन्दा उचाइमा रहेको रेकर्ड हालसम्म तिलिचोकै नाममा छ । तर डोल्पाको फालगाउँमा भेटिएको ताल समुद्र सतहदेखि ५ हजार १९० मिटर उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष नुर्बु डम्डुल गुरुङले दाबी गरे । जसलाई स्थानीय बासिन्दा ‘कुन्ख्येन फालक’ नामले चिन्छन् । यो ताल नेपाल-चीनको सीमा नजिक रहेको डोल्पो बुद्ध गाउँपालिका-६ का वडाध्यक्ष नुर्बु डम्डुल गुरुङको दाबी छ । 

आफूहरुसँग भएको जीपीएसबाट ताल रहेको स्थानको उचाइ ५ हजार १९० मिटर मापन गरेको वडाध्यक्ष गुरुङले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने