बालेनले हटाए विवादित स्टाटस

Posted on: 04 Sep, 2023

भदौ १८, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुई दिनअघि फेसबुकमा लेखेको स्टाटस तीव्र विवादित भएपछि हटाएका छन् ।

नेपाल र भारतको क्रिकेट म्याच हेर्न श्रीलङ्का पुगेका बालेनले उतैबाट स्टाटस डिलिट गरेका हुन् ।

आफ्नी श्रीमती चढेको महानगरपालिकाको गाडीलाई ट्राफिक प्रहरीले रोकेर केरकार गरेको झोकमा बालेनले फेसबुकमा उत्तेजक अभिव्यक्ति दिएका थिए ।

उनले अब आइन्दा महानगरको कुनै पनि गाडी सरकारले रोकेको खण्डमा ‘सिंहदरबारमै आगो लगाइदिने’ धम्की समेत दिएका थिए । सरकारलाई चोरको संज्ञा समेत दिएको स्टाटसले हंगामा मच्चिएको थियो ।

बालेनले कुनै प्रतिक्रियाबिना आज चुपचाप स्टाटस डिलिट गरेका हुन् । उनले आफ्नो अभिव्यक्तिलाई लिएर क्षमायाचना भने गरेका छैनन् ।

मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले आइतबार विज्ञप्ति जारी गर्दै शनिवार बेलुका सुत्केरी अवस्थामा रहेकी सबिना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडी प्रयोग गरेको प्रस्टीकरण दिएका छन् । 

बालेनको सचिवालयका अनुसार सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र उनकी धर्म पत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौँ महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर सबिना काफ्ले अस्पताल गएको उल्लेख छ ।  तर, बालेनको स्टाटसबारे त्यसमा केही उल्लेख थिएन ।

यस्तो थियो बालेनको विवादित स्ट्याटस



यस बिषयमा तपाइको प्रतिक्रिया...!