भारतविरुद्ध नेपालको प्रत्येक छक्का र विकेटमा १ लाख पुरस्कार दिने अर्ना बियरको घोषणा

Posted on: 04 Sep, 2023

भदौ १८, काठमाडौँ | यती ब्रेवेरीको उत्पादन अर्ना बियरले एसिया कप–२०२३ अन्तर्गत आज भारतविरुद्धको नेपाली खेलाडीले प्रहार गरेको हरेक छक्काबापत टिमलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

अर्ना बियरले आइतबार सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख रुपैयाँ दिने जनाएको हो । यस्तै, अर्नाले प्रत्येक चौकामा २५ हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।


एसिया कपको समूह ‘ए’ मा रहेको नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भारतविरुद्ध खेल्दै छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुने छ ।

यसअघि नेपाल प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारतले भने पाकिस्तानविरुद्धको खेल वर्षाले सम्भव नभएपछि अंक बाँडेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!