भारत विरूद्धको खेल जितेमा ५ लाख, प्रत्येक विकेट र छक्कामा ५०-५० हजार दिने निर्देशक पन्तको घोषणा

Posted on: 04 Sep, 2023

भदौ १८, काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली टोलीलाई हौसला दिन नेतादेखि कलाकारसम्म खेल हुने स्थान श्रीलंकाको क्यान्डीस्थित पाल्केके रंगशाला पुगेका छन् । यो खेललाई लिएर चौतर्फी चर्चा छ । केही व्यावसायिक उत्पादनले खेलमा छक्का, चौका प्रहार गर्ने नेपाली खेलाडीलाई प्रतिसट पुरस्कार राशीको घोषणा गरेका छन् ।


यस्तोमा फिल्म निर्देशक तथा एक्सन कोरियोग्राफर चन्द्र पन्तले पनि भारतविरुद्धको खेलमा नगद पुरस्कार दिने घोषणा गरेका छन् । पन्त प्रमुख रहेको कम्पनी इन्सपायर नेपाल फाउण्डेसनले नेपालले खेल जितेमा टीमलाई पाँच लाख, प्रत्येक विकेटमा ५० हजार र प्रत्येक छक्कामा ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । नेपाल र भारतका सिनियर टोलीबीच नेपाली समयानुसार आज सवा ३ बजे श्रीलंकामा खेल हुँदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!