अर्धशतक बनाउने नेपाली खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषणा

Posted on: 04 Sep, 2023

भदौ १८,  धनुषा | धनुषाको जनकनन्दिनी गाउँपालिकाले  एसिया कपमा अर्धशतक बनाउने नेपाली खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषणा गरेको छ । 

यस्तै सो गाउँपालिकाले शतक बनाएमा १ लाख र तीन विकेट लिएमा ५० हजार दिने घोषणा गरेको छ ।  

यसअधि एसिया कप हेर्न वीरगन्ज महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाले विद्यालयमा बिदा दिएको छ । सोमबार नेपाल र भारतबीच खेल हुँदैछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!