लगातारको घटेको शेयर बजार सामान्य अंकले बढ्यो

Posted on: 04 Sep, 2023

भदौ १८, काठमाडौँ | लगातारको गिरावटपछि शेयर बजार सामान्य अंकले बढेको छ ।

अघिल्लो दिन आइतबार मात्रै दोहोरो अंकले बढेको शेयर बजार आज ७.०४ अंकले बढेर १९६७.८३ बिन्दुमा कायम भएको छ ।

यसदिन बजारमा ३४ लाख ३२ हजार २६७ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ अर्ब ९ करोड ९१ लाख ३९ हजार ६९७ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, थ्रि स्टार हाइड्रोपावर लिमिटेड कम्पनीको सेयर सकारात्म सकिर्ट लेबलमा कारोबार भएको छ । त्यसैगरी कारोबारका आधारमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी ५ करोड २८ लाख रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

सोमबार बजार पूँजीकरण २९ खर्ब ४५ अर्ब रुपैयाँ रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!