नेपालले तेस्रो विकेट गुमायो, रोहित पौडेल ५ रनमा आउट

Posted on: 04 Sep, 2023

भदौ १८, काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल व्यक्तिगत ५ रनमा आउट भएका छन् । उनलाई रवीन्द्र जडेजाले आउट गरे ।

नेपालले २० ओभरमा ३ विकेट गुमाएर ९३ रन बनाएको छ ।

भारतका जडेजाले २ र शार्दुल ठाकुरले एक विकेट लिएका छन् । यसअघि भीम सार्की ७ र कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!