भारतविरुद्ध ४ विकेट गुमाएपछि नेपाल दबाबमा

Posted on: 04 Sep, 2023

भदौ १८, काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपाल रवीन्द्र जडेजाले घातक बलिङ गरेपछि दबाबमा आएको छ ।

नेपालले १०१ रन जोड्दा ४ विकेट गुमाएको छ । जडेजाले तीन विकेट लिएका छन् ।

नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका छन् । नेपालले २२ ओभरमा ४ विकेट गुमाएर १०२ रन जोडेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!