आजको मौसम: यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

Posted on: 05 Sep, 2023

भदौ १९, काठमाडौँ | हाल देशको मौसममा बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरू तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!