सप्तरीकाे विष्णुपुर गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on: 05 Sep, 2023

भदौ १९, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीले उनीहरुविरुद्ध पाँच लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

आयोगले उमेश प्रसाद यादव, टेक नारायण यादव र विरेन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा बिगो पाँच लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को देहाय घ बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा १ अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत दाबी गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

गाउँपालिका अध्यक्षसहित अपेटर विरेन्द्र कुमार यादवलगायतले आपसी योजनामा सोलार बत्ती जडान गर्दा गाउँपालिकाबाट रकम भुक्तानी गरेबापत सेवाग्राहीसँग पाँच लाख (दुई लाख नगद र तीन लाख चेक) रुपैयाँ घुस लिएको अख्तियारले दाबी गरेको छ ।

अध्यक्ष उमेश, लेखापाल टेक नारायण यादव र एम.आई.एस अपरेटर विरेन्द्रलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा साउन ३१ गते नियन्त्रणमा लिइएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!