२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘भारतसँगको खेल हेर्न अनुमानित ३० करोड खर्चे नेपाली दर्शकले’

२०८०, १९ भाद्र मंगलवार ११:४०

भदौ १९, काठमाडौँ | एसिया कप क्रिकेट अन्त्रगत भारतसँगको खेल हेर्न नेपाली समर्थकहरू श्रीलङ्काको क्यान्डीस्थीत पालेको रङ्गशालामै पुगेका थिए। 

क्रिकेटको महाशक्ति राष्ट्र भारतसँग नेपाली टोलीले हिजो सोमबार दिउँसो ३ :१५ मा खेल्ने तालिका थियो । त्यो खेल हेर्न १५०० देखि २००० को बिचमा नेपाली दर्शक रङ्गशाला पुगेका थिए । ऐतिहासिक खेल हेर्न श्रीलङ्का पुगेका काठमाडौ महानगर पालिकाका मेयर बालेन शाहले नेपाली दर्शकले त्यहाँ पुग्न र बस्न करिब ३० करोड रुपैयाँ खर्च गरेको अनुमान गरेका छन्।

नेपाली क्रिकेट सर्मथकहरु विभिन्न देशबाट श्रीलङ्का पुगेका थिए।दर्शकहरूमा काठमाडौ महानगर पालिकाका मेयर बालेन शाह , राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देखि चलचित्रकी नायिका वर्षा सिवाकोटी सम्म श्रीलङ्का पुगेका थिए । उनीहरुले नेपाली खेलाडीको हौसला बढाउन मैदानमा नेपाली झन्डा हल्लाउँदै समर्थन गरेको दृक्ष्य टेलिभिजनको पर्दामा प्रत्यक्ष रुपमा संसारका मानिसहरूले देखिरहेका थिए । 

पहिलो खेलमा नेपाली टोली पाकिस्तानसँग पराजित भए पनि दोश्रो खेलमा भारतसँग जित्ने आशले नेपाली दर्शकहरू मैदानमै गएर खेल हेरेका होइनन् । उनीहरु केबल खेलाडीको हौसला बढाउन पुगेका हुन। काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा यस बारेमा स्ट्याटस समेत लेखेका छन । हजारौँको क्षमता रहेको रंगशालामा नेपाल भारतबिचको खेलमा भारतीय समर्थक जम्मा ४० देखि ५० जना थिए भने नेपाली समर्थक १५०० देखि २००० को संख्यामा रहेको बालेनको स्ट्याटसमा उल्लेख छ। यतिको संख्यामा रहेका नेपालीले दर्शकले श्रीलङ्कामा अनुमानित ३० करोड रुपैयाँ जति खर्च गरेको अनुमान उनले गरेका छन् । यद्यपि नेपाली टोलीले भारतीय टोलीसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको छ।

नेपाल र भारतबिचको खेल भएको श्रीलङ्काको पालेको रङ्गशालालाई नेपालको कीर्तिपुर क्रिकेट रङ्गशालासँग तुलना गरेका छन मेयर बालेनले।

हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केही प्यारा फिट र अलि बढी सुविधा । नेपालमा त्यहि स्तरको रङ्गशाला जग्गा बाहेक ८०/९० करोडमा नै बन्छ सायद’, बालेनले लेखेका छन्।

उनी अगाडी लेख्छन्, ‘यसैले नेपाल सरकारले काठमाडौँ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौँ महानगरबाट रङ्गशाला बनाउन हामी पहल गर्नेछौँ ।’

बालेनले थपेका छन, ‘यस्तो मात्रै रङ्गशाला र केही ठुला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने