भोलि सार्वजनिक बिदा, बैंक, सरकारी कार्यलय र शेयर बजार पनि बन्द हुने

Posted on: 05 Sep, 2023

भदौ १९, काठमाडौँ | हिन्दू धर्मावलम्बीको पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोलि भदौ २० गते देशभर सार्वजनिक बिदा हुने भएको छ । 

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । भोलि बैंक तथा वित्तीय संस्था, सरकारी कार्यलय र शेयर बजार पनि बन्द हुनेछ ।

संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। 

जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा(आराधना, प्रवचन, भजन(कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!