विद्युत प्राधिकरणका कर्मचारी २५ हजार रुपैयाँ घुससहित पक्राउ

Posted on: 05 Sep, 2023

भदौ १९, इनरुवा | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्युत प्राधिकरणका कर्मचारीलाई सुनसरीबाट २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतो पक्राउ परेका हुन्। उनले उद्योगमा विधुत क्षमता वृद्धि गरिदिएबापत घुस लिएको अख्तियारको दावी छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!