२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

त्रिशूलीमा खस्यो कार, उछिट्टिएर बाँचेका चालकलाई प्रहरीले लियो नियन्त्रणमा

२० भाद्र २०८०, बुधबार ०७:०२

भदौ २०, काठमाडौँ | बुधबार सबेरै बिहान साढे १ बजे सिमराबाट काठमाडौं आइरहेको एउटा कार त्रिशूली नदीमा खसेको छ। पृथ्वी लोकमार्ग हुँदै सिमराबाट काठमाडौं आइरहेको ना ४ च ६५१४ नम्बरको कार अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो।


कार त्रिशूलीमा खसेको खबर पाएपछि धादिङस्थित इलाका प्रहरी कार्यालय बेनिघाटबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा उद्धार टोली खटिएको थियो। उक्त कारमा चालक मात्रै सवार रहेको खुलेको छ। दुर्घटनाका क्रममा बाराको सिमरा उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय प्रविन गौतम भने बाँच्न सफल भएका छन्। 

प्रहरीका अनुसार उनी कार दुर्घटनामा परेका बेला उछिट्टिएर बाँच्न सफल भएका हुन्। उनलाई कुनै किसिमको चोटपटक लागेको छैन। घटनाको अनुसन्धानका लागि प्रहरीले चालक गौतमलाई नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली