भदौ २०, काठमाडौँ | नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेश कुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गरे ।
प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो ।
करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएकाचार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअपतथा कार र २५ वटामा साना- ठूला कारहरु चार्ज गर्न मिल्ने छन् । ५१वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।
क्र.सं. स्थान जिल्ला सङ्ख्या
१ धार्के धादिङ २
२ मुग्लिङ चितवन १
३ साझा सेवाबल्खु काठमाडौं २
४ साझा सेवापुल्चोक ललितपुर १
५ नेपालविद्युत १
प्राधिकरण, रत्नपार्क काठमाडौं
६ नेपालपुलिस क्लब,
भृकुटीमण्डप काठमाडौं १
७ पारस बसपार्क चितवन २
८ खुर्कोट सिन्धुली २
९ सिन्धुलीबसपार्क सिन्धुली १
१० इलाकाप्रहरी
कार्यालय बर्दिबास महोत्तरी २
११ हरिवन सर्लाही २
१२ इनरुवाबसपार्क सुनसरी १
१३ प्रहरी पेट्रोल पम्प,
लाहान सिराहा २
१४ कालिका फ्युल सेन्टर,
मालेपाटन, पोखरा कास्की २
१५ पर्यटक बसपार्क
पोखरा कास्की १
१६ दमक बसपार्क झापा २
१७ बेलकानगरपालिका उदयपुर २
१८ बिर्तामोड बसपार्क झापा २
१९ सुर्खेत बसपार्क सुर्खेत २
२० हेटौडा, रातमाटे मकवानपुर २
२१ विद्युतप्राधिकरणतालिम
केन्द्र खरिपाटी भक्तपुर १
२२ प्रहरी पेट्रलपम्प,
सामाखुसी काठमाडौं २
२३ बेगनास ताल, पोखरा कास्की १
२४ बुटवलबसपार्क रुपन्देही २
२५ इटहरी सुनसरी १
२६ विराटनगर मोरङ १
२७ कोहलपुर
नयाँबसपार्क बाँके २
२८ धनगढी कैलाली २
२९ त्रिशूलीहावा घर नुवाकोट १
३० बट्टार, त्रिशूली नुवाकोट १
३१ कुश्मा पर्वत १
३२ लमहीबसपार्क दाङ २
३३ लम्की कैलाली १
जम्मा = ५१
स्रोत: नेपाल विद्युत प्राधिकरण ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!