वीरगन्जमा मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु

Posted on: 07 Sep, 2023

भदौ २१, वीरगन्ज | वीरगन्जमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारतीय नागरिकको मृत्यु भएको छ । 

वीरगन्ज महानगरपालिका-१६ नगवास्थित नापी शाखा अगाडिको सडकमा बुधबार राति ना.५५ प ७२८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत बिहारका सिमरी मधुवनी घर भएका ५० वर्षीय सत्यनारायण यादवको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बुधबार राति ९ बजेतिर मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालक वीरगन्ज १५ मुर्ली निवासी ४५ वर्षीय अशोक महतोलाई उपचारपछि प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!