६० किलो सुन प्रकरण: थप एक जना समातिए, पक्राउ पर्नेको सङ्ख्या २७ पुग्यो

Posted on: 08 Sep, 2023

भदौ २२, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो  प्रकरणमा थप एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भएका शिव कुमार सराफ रहेको ब्युरोका एक जना अधिकृतले बताए । सराफको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ । राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ मा सिआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!