२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बलात्कार आरोपमा अमेरिकी अभिनेतालाई ३० वर्ष जेल सजाय

२०८०, २२ भाद्र शुक्रबार ०६:०३

 लस एन्जलिस । अमेरिकी अभिनेता ड्यानी मास्टरसनलाई दुई महिलालाई बलात्कार गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको छ । मास्टरसनलाई सन् २००३ मा महिलालाई बलात्कार गरेको तीनवटा छुट्टाछुट्टै मुद्दामा अभियोग लगाइएको थियो। लस एन्जलिसको अदालतमा बुधबार भएको सुनुवाइमा न्यायाधीशले अभिनेतालाई दुईवटा मुद्दामा दोषी ठहर गरेको हो । तर, तेस्रो मुद्दामा भने कुनै निष्कर्षमा पुग्न सकिएन ।


चर्च अफ साइन्टोलोजीका पूर्व सदस्य रहेका तीन महिलाले मास्टरसनमाथि सन् २००१ र २००३ बीच आफ्नो हलिउड हिल्सको घरमा बलात्कार गरेको आरोप लगाएका थिए । यसअघि जुन २०२३ मा यस मुद्दाको सुनुवाइपछि प्रहरीले ड्यानी मास्टरसनलाई हिरासतमा लिएको थियो। पीडितहरूले मास्टरसनलाई आफ्नो पेय पदार्थ मिसाएर बलात्कार गरेको आरोप लगाए। यसै क्रममा अभिनेताका वकिलले भने अभिनेता र महिलाबीचको सबै कुरा सहमतिमा भएको दाबी गरेका थिए ।

सन् २००१ र २००३ को बीचमा जब मास्टरसनले यी अपराधहरू गरे, उनको टिभी शो ‘द ७० को शो’ प्रसारण हुन्थ्यो । यो अमेरिकाको चर्चित टिभी शो मध्ये एक थियो जसमा एश्टन कुचर र मिला कुनिसजस्ता चर्चित हलिउड कलाकारहरू पनि देखिएका थिए। यस शो बाहेक ड्यानीले ‘मेन एट वर्क’ र ‘द र्‍यान्च’ नामक टिभी शोहरू पनि गरे। २०११ मा ड्यानीले अभिनेत्री र मोडेल बिजोउ फिलिप्ससँग विवाह गरेका थिए ।दुवैको एक छोरी पनि छिन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते