चिनियाँ राजदूत सोङविरुद्ध प्रदर्शन

Posted on: 08 Sep, 2023

भदौ २२, काठमाडौँ | महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारतको सम्बन्धबारे दिएको अभिव्यक्तिविरुद्ध प्रदर्शन गरेको छ ।

लोसपा महोत्तरी जिल्लाले आज जलेश्वरमा प्रदर्शन गरेको हो । भारत र नेपाललाई जोडेर दिएको अभिव्यक्त कूटनीति मर्यादा विपरीत भएको भन्दै राजदूत सोङलाई फिर्ता पठाउन सरकारसँग माग गर्दै प्रदर्शन गरेको छ । महोत्तरी महन्थ ठाकुरको चुनावी क्षेत्र हो ।

लोसपाका कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले राजदूत सोङले नेपाल र भारत बीचको आर्थिक सम्बन्ध लगायतको विषयमा गरेको टिप्पणी कूटनीति मर्यादा विपरीत रहेको बताए ।

एउटा सार्वभौमसत्ता सम्पन्न देशका बारेमा यस्तो विचार व्यक्त गरेर नेपाललाई हेप्ने कार्य गरेको बताउँदै उनले राजदूत सोङलाई स्पष्टीकरणसहित फिर्ता पठाउन सरकारसँग माग गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!