बाँकेमा बस रोकिराखेको ट्रकसंग ठोक्किदा ७ जनाको मृत्यु, २५ जना घाइते

Posted on: 09 Sep, 2023

भदौ २३, काठमाडौँ | बाँकेमा बस दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ। भने २५ जना घाइते भएका छन् । गएराति बाँकेको राप्तिसोनारी गाउपालिका– ८ शमशेरगन्जमा ना७ख २३२१ नम्बरको बस ना४ख ६४०५ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले बताए |

दुर्घटनामा ठाकुरबाबा– ७ का साधुराम थारु, वडा नम्बर ८ का जुगबहादुर चन्द, वडा नम्बर ९ का काँशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु, वडा नम्बर  र पहिचान नखुलेका बसका कर्मचारी एक पुरुष रहेको प्रहरीले जनाएको छ । बसमा ४० जनाभन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।

घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । बस दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!