भक्तपुरमा दुई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

Posted on: 09 Sep, 2023

भदौ २३, काठमाडौं | भक्तपुरमा दुई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन् ।

शुक्रबार राति सूर्य विनायक नगरपालिका-८ आदर्श भक्तपुर फ्युल सेन्टर नजिक बागमती प्रदेश ०२-०२३ प २८५९ मोटरसाइकल र प्रदेश नं ३ -०२-००२ प ६९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको बनेपाकी नवीना काफ्लेको मृत्यु भएको हो ।

दुर्घटनामा उनका श्रीमान् किरण घिमेरे घाइते भएका छन् ।  अर्को मोटरसाइकलमा सवार ओखलढुंगा सुनकोशी गाँउपालिका वडा नं. ४ घर भई हाल भक्तपुर नलिन्चोक बस्ने हिरा बडाल पनि घाइते भएका छन् ।

घाइते दुवै जनाको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!