६० किलो सुन प्रकरण: भन्सार अधिकृत र दुई नासुसहित थप तीन जना पक्राउ

Posted on: 09 Sep, 2023

भदौ २३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो प्रकरणमा थप तीन जना पक्राउ परेका छन्। 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तीन जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए। 

उनका अनुसार पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी र दुई नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपालीलाई प्रहरीले पक्राउ गरेको हो | उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या ३० पुगेको छ । राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ मा सिआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!