नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ

Posted on: 11 Sep, 2023

भदौ २५, काठमाडौँ | बाँकेको नेपालगञ्ज विमानस्थलबाट २६ लाख रुपैयाँ नगदसहित सरकारी कर्मचारी पक्राउ परेका छन् ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई २६ लाख रुपैयाँ सहित बिहान पौने ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए।

स्रोतका अनुसार सापकोटा बिहान ८ : ४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं आउँदै थिए । सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए । उनी भने फरार भएका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!