ललिता निवास प्रकरण: धरौटी तिर्न नसकेपछि अरूणकुमार श्रेष्ठ कारागार चलान

Posted on: 11 Sep, 2023

भदौ २५, काठमाडौँ | ललिता निवास प्रकरणमा एक जना पक्राउ परेका अभियुक्तले धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन्। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार पक्राउ परेका १८ जनालाई नै रिहा गर्न आदेश दिएको थियो। एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको थियो। 

१७ जनामध्ये एक जना आरोपीले भने धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएका छन्। नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका हुन्। 

अदालतले उनीसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!