क्रिक्रेटर आशिफ शेखमाथि पनि बलात्कार आरोप, प्रहरीले लिएन युवतीको उजुरी

Posted on: 11 Sep, 2023

भदौ २५, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आशिफ शेखमाथि पनि बलात्कार बलात्कारको आरोप लागेको छ ।

आइतबार दिउँसो उनीविरुद्ध बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको बुझिएको छ । त्यसपछि पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो ।


तर महिला सेलले पीडित पक्षको रित नपुगेको भनि फर्काइ दिएको छ । आज पीडितले पुन रित पुर्याएर निवेदन दिने बताइएको छ । यादी रित पुगेर निवेदन आएमा क्रिकेटर शेखमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

यसअघि क्रिकेटर सन्दिपमाथि पनि एक नावालिकाले बलात्कार आरोप लगाएकी थिइन् । सन्दिपविरुद्धको मुद्धामा अझै अनुसन्धान जारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!