२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छात्राको मृत्युपछि विद्यालय संस्थापक र प्रधानाध्यापक पक्राउ

२०८०, २५ भाद्र सोमबार ०८:२२

भदौ २५, रुकुम-पश्चिम | छात्रा मृत्युको घटनामा विद्यालयका संस्थापक र प्रधानाध्यापकलाई आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ की १३ वर्षीया बालिका सृष्टि गौतम गत शुक्रबार विद्यालयबाट फर्केको केहीबेरमा मृत अवस्थामा फेला परेपछि उनका आफन्तले जिल्ला प्रहरी कार्यालयमा विद्यालयका संस्थापक र प्रधानाध्यापकका विरुद्धमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार आइतबार मृतककी दिदी सिर्जना गौतमले सृष्टि अध्ययन गर्ने विद्यालय भ्याली पब्लिक स्कुल चौरजहारीकी संस्थापक युडेन भोटिया भण्डारी र प्रधानाध्यापक पुष्पा लामिछाने शाहका विरुद्धमा आत्महत्या दुरुत्सहानको जाहेरी दिएका हुन् । बालिकाले आत्महत्या गर्नुको कारण विद्यालयमा मानसिक र शारीरिक पीडा भएको भनेर जाहेरी परेको प्रहरी निरीक्षक खड्काले बताए ।

मृतक बालिकाका माइला काका यदु गौतमले छोरीलाई शुक्रबारका दिन विद्यालयमा कुटपिट गरेको र शारीरिक एवम् मानसिक यातना दिई उनलाई आत्महत्या गर्न बाध्य पारेको बताएका छन् । ‘प्रिन्सिपलकी दिदीकी छोरी र हाम्री छोरी मिल्ने साथी थिए । उनीहरु सँगै घुम्न गएका कारण आफ्नी दिदीकी छोरीको पढाइ बिग्रिएको भनेर शुक्रबार प्रिन्सिपलले फाउन्डर समेतको उपस्थितिमा हाम्री छोरीलाई कुटपिट गरेको अरुले पनि देखेका छन्,’ उनले भने, ‘यस घटनामा विद्यालयका दुवै जनाको संलग्नता छ । हामीलाई न्याय चाहियो ।’

यो घटनापछि पीडितले दिएको जाहेरीका आधारमा विद्यालयका संस्थापक र प्रधानाध्यापकलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यलयका निमित्त प्रमुख खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने