२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आशिफ शेखको घटना के हो ?

२०८०, २५ भाद्र सोमबार ०९:१४

भदौ २५, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आशिफ शेखविरुद्ध आफूमाथि बलात्कार गरेको आरोपमा एक युवतीको कालिमाटी प्रहरी चौकीको नाममा भएको निवेदन अहिले सामाजिक सन्जालमा चर्चामा छ ।

निवेदनमा शेखले आफूसँग असुरक्षित यौनसम्बन्ध राखी महिनौंसम्म मानसिक तनाव दिएको युवतीले उल्लेख गरेकी छन् । सम्बन्धपश्चात शेख सम्पर्कविहीन बन्दा महिनावारी रोकिएका कारण आफूले तनाव झेल्नु परेको उनको दाबी छ ।

काठमाडौं प्रहरी परिसका उपरीक्षक कुमुद ढुंगेलकाअनुसार अहिलेसम्म युवतीका तर्फबाट प्रहरीमा कुनै पनि निवेदन आएको छैन । यद्यपि सामाजिक सन्जालमा आइतबार बाहिरिएको सो निवेदनबाट ती युवतीलाई प्रहरीले सम्पर्क गरेको उनको भनाइ छ ।

ढुंगेलले  भने, ‘प्रहरीले ती युवतीलाई सम्पर्क गरेर प्रहरीमा दर्ता नगरेको निवेदन कसरी सार्वजनिक भयो बुझेको थियो । उहाँ आज निवेदन लिएर प्रहरीकहाँ आउनुहुन्छ होला ।’

निवदेन आएको अवस्थामा तत्काल आवश्यक कदम लिने प्रहरीको भनाइ छ ।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले पनि शेखलाई लिएर कुनै औपचारिक जानकारी नआएको जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘सामाजिक सन्जालमै निवेदन देखिएको हो । निवेदनबारे हामीलाई कुनै औपचारिक जानकारी छैन ।’ शेख नेपाली टोलीका ओपनर ब्याटर हुन् । जारी एसिया कपमा उनले भारतविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने