२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुन तस्करी: विमानस्थल को भन्सारमा बुझाएको ‘एयर वे बिल’ नै नक्कली रहेको पुष्टि

२०८०, २५ भाद्र सोमबार ०९:३२

भदौ २५, काठमाडौँ | राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको करिब ६१ किलो सुन भित्र्याइँदा तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयमा बुझाएको ‘एयर वे बिल’ (पूर्व विवरण) नक्कली रहेको पाइएको छ । तस्करले बुझाएको ‘एयर वे बिल’ नक्कली रहेको हङकङ भन्सारले पुष्टि गरेको हो ।

हङकङले उक्त जानकारी भन्सार विभागलाई दिएको छ । “तस्करहरूले जुन एयर वे बिल भन्सारमा बुझाएका थिए, बिल र त्यहाँ भएको विवरण नक्कली भएको हङकङ भन्सारले जानकारी दिएको छ,” भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भने ।

गएको साउन २ गते अवैध रूपमा ल्याइएको करिब ६१ किलो सुन भन्सार जाँचपास भइसकेको अवस्थामा राजस्वको टोलीले बरामद गरेको थियो । मोटरसाइकलको ब्रेक सुमा राखी तस्करले सुन भित्र्याएका थिए । पछि सुन गाल्दा करिब ६१ किलो निस्किएको थियो । उक्त सुनका विषयमा हङकङलाई पत्र लेखी अनुसन्धानमा सघाउन भन्सार विभागले आग्रह गरेको छ । हङकङ भन्सारले पत्रको जवाफ पठाउँदै अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको छ ।

विभागले ‘लिड विथआउट ब्याट्री भनेर किन सुन पठाएको ?’ भन्दै हङकङ भन्सारलाई प्रश्न सोधेको थियो । हङकङबाट उक्त सुन नेपाल ल्याइँदा ‘मेनिफेस्टो’मा ‘लिड विथआउट ब्याट्री’ लेखिएको थियो । अरू कागजातमा ‘ब्रेक सु’ लेखिएको थियो ।

अनुसन्धानमा सघाउने वचन दिएको हङकङले विभागसँग ‘एयर वे बिल’ मागेको थियो । हवाईजहाजबाट सामान ल्याउँदा सम्पूर्ण विवरण खुल्ने कागजात नै एयर वे बिल हो । एयर वे बिलका आधारमा हङकङ भन्सारले थप अनुसन्धान गर्ने र त्यसबाट पत्ता लागेको विषय विभागसँग सेयर गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसपछि विभागले एयर वे बिल हङकङ पठाएको थियो । हङकङ भन्सारले अनुसन्धानपछि ती सम्पूर्ण कागजात नक्कली भएको जानकारी विभागमा पठाएको महानिर्देशक पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने