वर्षाका कारण रोकिएको भारत-पाकिस्तान भिडन्त सुचारु, ओभर नघट्ने

Posted on: 11 Sep, 2023

भदौ २५, काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत वर्षाका कारण रोकिएको सुपर ओभरको भारत-पाकिस्तान भिडन्त केही बेरमा सुचारु भएको छ । यसअघि आइतबार भारतले २४.१ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण खेल रोकिएको थियो ।

रिजर्भ डेमा सरेको यो खेल सोमबार ३ बजेर १५ मिनेटमा सुरु हुनुपर्ने थियो । तर वर्षाका कारण झन्डै डेढ घण्टा खेल सुरु हुन लागेको हो । यो खेलमा दुवै टोलीले ५०/५० ओभर ब्याटिङ गर्ने छन् ।

भारतले खेल रोकिनुअघि २ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!