त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट एक केजी सुन बरामद

Posted on: 12 Sep, 2023

भदौ २६, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक केजी सुन बरामद भएको छ ।

काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार दिउँसो एक केजी सुनसहित केही व्यक्तिलाई पक्राउ गरेको बुझिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेको संख्या अझ बढ्न सक्ने छ । प्रहरीले थप केही खुलाएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!