आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४८ वर्षीय तामाङ पक्राउ

Posted on: 12 Sep, 2023

भदौ २६, मोरङ | आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका-३ आइतबारे बस्ने ४८ वर्षीय साईला भन्ने जित बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

ती बालिकालाई भदौ १७ गते बिहान तामाङले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियामा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!