वीरगन्जस्थित बालसुधार गृहमा झडप, ३ प्रहरीसहित १४ जना घाइते

Posted on: 13 Sep, 2023

भदौ २७, काठमाडौं | वीरगन्जस्थित बाल सुधार गृहमा झडप भएको छ । मंगलबार बेलुका दुई पक्षबीच झडप हुँदा ३ प्रहरी र ११ जना कैदी बन्दी घाइते भएका छन् ।

बुधबार बिहान स्थिति सामान्य भए पनि प्रहरीहरूको सुरक्षा सतर्कता कडा बनाएको पर्साका प्रहरी उपरीक्षक कोमल साहले जानकारी दिए । 


उक्त बालसुधार गृहमा भक्तपुरबाट लगेकासहित १४९ जना कैदी बन्दी रहेका छन् । केही समयअघि भक्तपुर बाल सुधार गृहमा झडप भएपछि केही कैदी बन्दी वीरगन्ज लगिएको थियो । भक्तपुरबाट गएका कैदी बन्दी र पहिलादेखि वीरगन्जमै रहेका केदीबन्दीबीच पटक पटक झडप र विवाद हुने गरेको बुझिएको छ ।

भक्तपुरबाट गएका कैदीहरूले त्यहाँका नाइकेमाथि आक्रमण गर्नुका साथै बाल सुधार गृहमा समेत तोडफोड र प्रहरीमाथि पनि ढुंगामुढा प्रहार गरेको बताइएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!