एकीकृत समाजवादीको सचिवमा हरि पराजुली मनोनीत

Posted on: 14 Sep, 2023

भदौ २८, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले पूर्वमन्त्री हरि पराजुलीलाई सचिवमा मनोनीत गरेको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय सचिवालयको बैठकले पराजुलीलाई सचिवमा मनोनीत गरेको हो । 

उनी वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान हुँदै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेसँगै स्थायी कमिटी सदस्य मनोनीत भएका उनलाई सचिवमा मनोनीत गरिएको हो । 

यस्तै उनलाई लुम्बिनी प्रदेशको इन्चार्जको रुपमा थप जिम्मेवारी पनि दिइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!