२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्पतालभित्रै कुटपिटको सिकार भएका डा. थापाले छोडे हेटौँडा

२०८०, २८ भाद्र बिहीबार १२:०९

भदौ २८, हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो हस्पिटल प्रालिका प्रमुख डा. विकास थापाले कार्यस्थल हेटौँडा छोडेका छन् । हेटौँडा–१२ का एक हुल समूहको कुटपिटमा परेका डा. थापा बिहीबार काठमाडौं लागेका छन् ।

बुधबार दिउँसो डाक्टर थापासहित सञ्चो हस्पिटलमै कार्यरत अर्का डाक्टर प्रशान्त विडारीमाथि हेटौँडा उपमहानगरपालिका–१२, पदमपोखरीका राजेश प्रधानको परिवार र उनका आफन्तले हस्पिटलमै आएर कुटपिट गरेका थिए । हेटौँडाका चर्चित जनरल फिजिसियन डाक्टर थापाले अब हेटौँडा आउने वा नआउनेबारे परिवारसँग सल्लाह गरेर मात्रै निर्णय लिने बताएका छन् ।


मृतक प्रधानको परिवारले सञ्चो हस्पिटलका चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएको थियो । जबकि प्रधानको मृत्यु चितवनस्थित पुरानो मेडिकल कलेजमा भएको थियो । चितवन जानुअघि प्रधानलाई डेंगी संक्रमण भएपछि सञ्चो हस्पिटलमा उपचारका लागि आएका थिए । सञ्चोले उनको उपचारपछि घर पठाएको थियो । घर पठाएको केही दिनमै उनी पुनः उपचारका लागि चितवन गएकोमा २५ साउनमा मृत्यु भएको थियो ।पीडित डाक्टर थापा बुधबार सञ्चो हस्पिटलको वार्डमा बिरामीको नियमित स्वास्थ्य परीक्षण तथा परामर्शमा रहँदा पदमपोखरीको समूहले उनीसहित अर्का डाक्टरमाथि निर्घात कुटपिट गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

डा. थापा बिहीबार बिहान ८ बजे परिवारसहित काठमाडौं गएको हस्पिटल स्रोतले जानकारी दिएको छ । कुटपिटबाट डाक्टर थापाको गाला र अनुहार सुनिएको छ । डाक्टर विडारीको आँखा र अनुहारमा चोट लागेको छ । थापाले थप उपचारका लागि भन्दै हेटौँडा अस्पतालबाट रेफर लिएर काठमाडौं गएका हुन् ।

कास्कीका डा. थापा ९ वर्षदेखि हेटौँडामा कार्यरत थिए । यसअघि उनी चुरेहिल हस्पिटलमा कार्यरत थिए । उनले तत्काल नियमित काममा फर्किने अवस्था नरहेको बताएको हस्पिटल स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल