बागमती प्रादेशीक क्रिकेट संघले काठमाडौं महानगरसँग मिलेर ५० विद्यालयका प्रशिक्षकलाई तालिम दिने

Posted on: 15 Sep, 2023

भदौ २९, काठमाडौँ | बागमती प्रादेशीक क्रिकेट संघले काठमाडौं महानगरपालिकासँग क्रिकेट विकासका लागि सहकार्य गर्ने भएको छ।

बागमती क्रिकेटका अध्यक्ष पारस खड्का र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच सहकार्यका लागि सहमति भएको हो। 

खड्काले सामाजिक सञ्जालमा बागमती प्रदेश र महानगरबीच सम्झौता भएको तस्बिर पनि सार्वजनिक गरेका छन्। 

उनका अनुसार काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम सञ्चानल हुने र कार्यक्रममा काठमाडौंका ५० विद्यालय स्तरका क्रिकेट प्रशिक्षकलाई तालिम दिइने उल्लेख छ। 

पाँच दिने उक्त क्रार्यक्रमका लागि काठमाडौं महानगरले आर्थिक सहयोग गर्नेछ। कार्यक्रम असोज १६ देखि २० गतेसम्म सञ्चालन हुनेछ। जहाँ प्रशिक्षकहरुलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) को लेभल ओ क्रिकेट प्रशिक्षक तालिम प्रदान गरिनेछ।

कार्यक्रमका लागि महानगरपालिकाले बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा महानगरपालिका अन्तर्गतका केही स्कुल तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था समत गरिरहेको पारसले जानकारी दिए।

यस्तो छ पारसको स्टाटस:

यस बिषयमा तपाइको प्रतिक्रिया...!