गोलभेँडाको थोक मूल्य ५५ रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति छ ? (सूचीसहित)

Posted on: 17 Sep, 2023

भदौ ३१, काठमाडौँ | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ठुलो भारतीय गोलभेँडाको औसत थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ कायम रहेको जनाएको छ । समितिले आजको बजार भाउ तय गर्दै थोक बजारमा भारतीय गोलभेँडा ५५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको जनाएको हो ।

यसबाहेक, आज सानो गोलभेँडाको थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ छ भने टनेल सानो गोलभेँडाको मूल्य प्रतिकिलो ७५ रुपैयाँ छ । यस्तै, रातो आलु प्रतिकिलो ५७ रुपैयाँमा बिकिरहेको छ भने सुकेको प्याजको मूल्य प्रतिकिलो ६५ रुपैयाँ कायम छ । यता लोकल गाजरको थोक मूल्य किलोमा १२५ रुपैयाँ हुँदा बन्दा ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सेतो मुलाको मूल्य प्रतिकिलो ९५ रुपैयाँ, लाम्चो भन्टा ४५ रुपैयाँ र बोडी ५५ रुपैयाँ छ । यसबाहेक घिउ सिमी प्रतिकिलो ६५ रुपैयाँ, टाटे सिमी ७५ रुपैयाँ र तिते करेलाको थोक मूल्य प्रतिकिलो ७५ रुपैयाँ छ । यसबाहेक, परवर ४५ रुपैयाँ, घिरौँला ३५ रुपैयाँ, पाकेको फर्सीको मूल्य प्रतिकिलो ४७ रुपैयाँ रहेको जनाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!