काठमाडौं महानगरले ऋषि पञ्चमीका दिन महिलालाई बिदा नदिने

Posted on: 18 Sep, 2023

असोज १, काठमाडौँ | महानगरपालिकाले ऋषि पञ्चमीका दिन महिला कर्मचारीलाई बिदा नदिने भएको छ। 

महानगरपालिकाले सूचना जारी गर्दै तीजको भोलिपल्ट (२ असोजमा) महिलाहरूलाई बिदा नहुने जानकारी गराएको हो। 

महानगरपालिकाको आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईले महानगरपालिकाबाट प्रकाशित २०८० सालको भित्ते पात्रोमा असोज २ गते मंगलबार ऋषि पञ्चमीको दिनमा महिला कर्मचारीहरूलाई बिदा भनी उल्लेख भए पनि उक्त दिन बिदा नभएको जानकारी गराएकी छन्।

‘काठमाडौं महानगरपालिकाबाट प्रकाशित २०८० सालको भित्ते पात्रोमा मिति २०८० असोज २ गते मंगलवार ऋषि पञ्चमीको दिनमा महिला कर्मचारीहरूलाई बिदा भनी उल्लेख भएको भए तापनि उक्त दिन बिदा नभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको छ,’ राईद्वारा जारी सूचनामा उल्लेख छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!