अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट

Posted on: 20 Sep, 2023

असोज ३, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भेट भएको छ ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका विभिन्न देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजको अवसरमा उनीहरूबीच संक्षिप्त भेट भएको नेपाली स्थायी नियोगले जनाएको छ । नियोगका अनुसार मंगलबार साँझ (स्थानीय समय) भेट भएको हो ।

मंगलबार नै न्युयोर्कमा प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच द्विपक्षीय भेटवार्ता भएको छ । “भेटका क्रममा द्विपक्षीय सम्बन्ध र पारस्परिक हितमा सहयोगका विविध विषयमा छलफल भएको छ । यसका साथै हामी संयुक्त राष्ट्रसंघलगायत क्षेत्रीय र बहुपक्षीय फोरमहरूमा पनि मिलेर काम गर्न सहमत भएका छौँ,” प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!