८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरको राष्ट्रिय वाणिज्य बैंकमा सेवाग्राहीको चाप

१८ आश्विन २०७३, मंगलवार ०६:३४

असोज १८, भोजपुर । राष्ट्रिय वाणिज्य बैंक भोजपुर शाखामा सेवाग्राहीको चाप बढेको छ । 

नयाँ नोट सटही सुरु तथा शिक्षकको चौमासिक तलब निकासा र सामाजिक सुरक्षा भत्ता निकासाका कारण सेवाग्राहीको चाप बढेको बैंकका शाखा प्रबन्धक उमेश नेपालले जानकारी दिनुभयो । 

सेवाग्राहीलाई तत्काल सेवा दिने र कसैलाई पनि रित्तो हात नफर्काउने उद्देश्यले आफूहरुले काम गरिरहेको बैंकका कर्मचारी रवीन श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो – “सेवाग्राहीको चाप बढेका कारण हामी कर्मचारीलाई भ्याइनभ्याइ छ ।” 

नयाँ नोट सटही आइतबारदेखि मात्रै सुरु गरेकाले सेवाग्राहीको चाप एकैपटक बढेको हो । गत वर्ष करिब रु तीन करोड नयाँ नोट आए पनि यस वर्ष रु एक करोड ५० लाख मात्रै आएको बैंकले जनाएको छ । 

राष्ट्र बैंकले नयाँ नोट राष्ट्रिय वाणिज्य बैंकलाई एकमुष्ट उपलब्ध गराएपछि वाणिज्य बैंकले जिल्लामा सञ्चालित अन्य वित्तीय बैंकहरुलाई उपलब्ध गराएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार