२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरको राष्ट्रिय वाणिज्य बैंकमा सेवाग्राहीको चाप

२०७३, १८ आश्विन मंगलवार ०६:३४

असोज १८, भोजपुर । राष्ट्रिय वाणिज्य बैंक भोजपुर शाखामा सेवाग्राहीको चाप बढेको छ । 

नयाँ नोट सटही सुरु तथा शिक्षकको चौमासिक तलब निकासा र सामाजिक सुरक्षा भत्ता निकासाका कारण सेवाग्राहीको चाप बढेको बैंकका शाखा प्रबन्धक उमेश नेपालले जानकारी दिनुभयो । 

सेवाग्राहीलाई तत्काल सेवा दिने र कसैलाई पनि रित्तो हात नफर्काउने उद्देश्यले आफूहरुले काम गरिरहेको बैंकका कर्मचारी रवीन श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो – “सेवाग्राहीको चाप बढेका कारण हामी कर्मचारीलाई भ्याइनभ्याइ छ ।” 

नयाँ नोट सटही आइतबारदेखि मात्रै सुरु गरेकाले सेवाग्राहीको चाप एकैपटक बढेको हो । गत वर्ष करिब रु तीन करोड नयाँ नोट आए पनि यस वर्ष रु एक करोड ५० लाख मात्रै आएको बैंकले जनाएको छ । 

राष्ट्र बैंकले नयाँ नोट राष्ट्रिय वाणिज्य बैंकलाई एकमुष्ट उपलब्ध गराएपछि वाणिज्य बैंकले जिल्लामा सञ्चालित अन्य वित्तीय बैंकहरुलाई उपलब्ध गराएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित