२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धादिङमा ट्रकले किचेर ट्युसन पढ्न हिडेका दुई बिद्यार्थीको मृत्यु

२०८०, १७ आश्विन बुधबार ०२:४१

असोज १७, काठमाडौँ । धादिङमा ट्रकले किचेर ट्युसन पढ्न हिडेका दुई बिद्यार्थीको मृत्यु भएको छ । बुधबार बिहान धादिङको सिद्धलेक गाउँपालिका अन्तर्गत परेवाटारबाट ट्युसन पढ्न शिक्षककोमा जाने क्रममा रहेका बिद्यार्थीहरुलाई ट्रकले ठक्कर दिएको हो । 


गजुरी गाउँपालिका–२, मजुवा स्थित राजमार्गको मुख्य सडकमा बाटो काट्ने क्रममा रहेका उनिहरुलाई काठमाण्डौंबाट नारायणगढ तर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो । ठक्करपछि ति विद्यार्थीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएका बिद्यार्थीहरु वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रिचोकटार स्थित वागेश्वरी माविमा कक्षा ८ मा अध्ययनरत दुई छात्रहरु हुन् । ठक्कर दिई ज्यान लिने ट्रक इलाका प्रहरी कार्यालय वेनिघाटको नियन्त्रणमा छ ।

दुई बिद्यार्थीको ज्यान गएपछि आक्रोशित स्थानीयबासीले दोषि माथि कारवाहीको माग राख्दै राजमार्ग अबरुद्ध पारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो