८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

दसैँको समयमा अन्धकार भोजपुर

१९ आश्विन २०७३, बुधबार ०३:४२

असोज १९, भोजपुर । विद्युत् सेवा तीन दिनयता अवरुद्ध हुँदा दसैँको समयमा भोजपुर जिल्ला अन्धकार बनेको छ । 

हिले—भोजपुर ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा समस्या भएको भन्दै नेपाल बिद्युत् प्राधिकरण भोजपुरले विद्युत् सेवा सञ्चालन गर्न नसकेको हो । आइतबारदेखि गएको विद्युत् सेवा अहिलेसम्म पनि सञ्चालन हुन नसक्दा सरकारी कामकाज र सञ्चार गृह सबैभन्दा बढी प्रभावित हुनाका साथै भोजपुर सदरमुकाम र आसपासका क्षेत्र अन्धकारमय बनेको हो । 

पछिल्लो समयमा आएर सबै काम कम्प्युटर प्रणालीबाट हुने गरेका कारण विद्युत् सेवा अवरुद्ध हुँदा सेवा सहजरुपमा प्रवाह गर्न समस्या भएको हो । विद्युत् सेवा मर्मत भएर सञ्चालन नहुँदा दसैँको समयमा कुटानी–पिसानी गर्ने मिल सञ्चालनमा समेत समस्या भएको छ । कार्यालय बन्द हुने समयमा विद्युत् लाइन सञ्चालन नहुँदा सबैभन्दा बढी मार सदरमुकाममा रहेका सरकारी तथा निजी बैंकलाई परेको छ । 

रकम निकाल्नका लागि गाँउ–गाँउबाट सर्वसाधारण तथा कर्मचारी आउने गरेको भए पनि विद्युत् सेवा नहुँदा समस्या भएको सम्बन्धित निकायले बताएका छन् । भोजपुरमा विगतमा पनि पटक–पटक विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । 

यसैबीच, नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले भने विद्युत् मर्मतका लागी प्राधिकरणका कर्मचारीलाई खटाइएको जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार