असोज १९, पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा पूर्वगृहमन्त्री स्व पद्मसुन्दर लावतीको सालिक तथा पार्क निर्माण गर्न थालिएको छ । 

धेरै पटक विभिन्न मन्त्री तथा २५ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १९, पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा पूर्वगृहमन्त्री स्व पद्मसुन्दर लावतीको सालिक तथा पार्क निर्माण गर्न थालिएको छ । 

धेरै पटक विभिन्न मन्त्री तथा २५ "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

लावतीको सालिक र पार्क निर्माण सुरु

१९ आश्विन २०७३, बुधबार ०३:४९

असोज १९, पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा पूर्वगृहमन्त्री स्व पद्मसुन्दर लावतीको सालिक तथा पार्क निर्माण गर्न थालिएको छ । 

धेरै पटक विभिन्न मन्त्री तथा २५ पटक पाँचथर जिल्लाबाट सांसद बनिसक्नुभएका लावतीको फिदिमबजारस्थित आहालगैरीमा सुन्दर पार्कसँगै सालिक निर्माण गर्न थालिएको हो । सालिक निर्माणको जिम्मा लिएको सालिक निर्माण समितिका संयोजक लोकेन्द्र आलेमगरका अनुसार पूर्वमन्त्री लावतीको गृह गाविस यासोकमा समेत बनाइसकिएको र सदरमुकाम फिदिममा पनि बनाइएको हो । अहिले सालिक र पार्क गरी करिब २५ प्रतिशत काम सकिएको उहाँले बताउनुभयो । 

आगामी कात्तिक २५ गतेभित्र महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसर पारेर सालिक अनावरण गरिने संयोजक आलेले बताउनुभयो । पार्क र सालिक निर्माणका लागि फाल्गुनन्द संरक्षण प्रतिष्ठानले एक लाख ५० हजार रुपैयाँ सहयोगसमेत गरिसकेको छ । 

समितिले सालिक र पार्क निर्माणका लागि करिब सात लाख रुपैयाँ जति लाग्ने जनाउँदै स्वेच्छिक सहयोग गर्नसमेत सम्पूर्ण सङ्घसंस्था तथा महानुभावलाई आग्रह गरेको छ । जिल्लाको विकास निर्माणमा लावतीको योगदान अतुलनीय रहेको जिल्लावासी बताउने गर्दछन् । पूर्वगृहमन्त्री स्व लावतीको निधन २०७२ जेठ २७ गते भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार